काँगेल विमानस्थलमा बिहीबार परिक्षण उडान

  हिमाल समाचार
882 Shares

सोलुखुम्बु – ६ बर्षदेखि बन्द रहेको सोलुखुम्बुको काँगेलडाँडा विमानस्थलमा आगामि बिहीबार परिक्षण उडान हुने भएको छ । थुलुङ दुधकोसी गाउँपालिका र नेपाल वायुसेवा निगमबिच काँगेलडाँडा विमानस्थलमा मङसिर २५ गते बिहिवार परिक्षण उडान गर्ने सहमति भएको हो ।

पालिका अध्यक्ष असिम राई र निगमका बाणिज्य विभाग निर्देशक टंकनिधि दाहालबिच भएको सम्झौता अनुसार अवदेखि हरेक मंगलबार काठमाण्डौ–काँगेल–काठमाण्डौँको नियमित उडान हुने छ ।

लामो समयदेखि बन्द रहेको विमानस्थलमा हुने उडानको आतेजाते १६ सिटमा यात्रुको सुनिश्चितता गाउँपालिकाले गरे पछि नेपाल बायु सेवा निगम उडान भर्न राजि भएको हो ।

गाउँपालिकाले नियमित उडानको लागि निगमको खातामा १० लाख रकम धरौटी राख्नु पर्नेछ भने नियमित उडानमा आतेजाते गरि १६ यात्रु नभएमा अपुग सिट संख्याको भाडा भने सोही रकमबाट निगमले कट्टा गर्दै लाने सहमति भएको छ । प्रतिनिधि सभा सदस्य हेमकुमार राई र निमगका महाप्रबन्धक प्रकाश पौडेलको उपस्थितिमा भएको सम्झौता पत्रमा बजारको माग र पालिकाको लिखित अनुरोधको आधारमा हप्ताको ६ वटासम्म उडान गर्ने उल्लेख गरिएको छ ।

यो सम्झौता सँगै तल्लो सोलु र खोटाङका जनताले हवाई सेवा लिने र विरामी तथा अप्ठ्यारोमा परेका नागरिकहरुलाई सहज हुने पालिका अध्यक्ष असिम राईले बताए ।

सम्झौता प्रति जस्ताको तस्तै :

पुनः सन्चालन केही शर्त तथा अवस्थाहरुको अधिनमा रहने गरि आपसी सहमति गरि भै सार्वजनिक हवाई सेवा सन्चालन गर्ने उदेश्यले सम्झौता गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार