गायक राजु र छेवाङको टोली पिके भ्रमण सकेर दुधकुण्ड प्रस्थान

  हिमाल समाचार
2.9k Shares

सोलुखुम्बु – तल्लो सोलुखुम्बुको पर्यटन प्रर्बद्धनका लागि सोलुखुम्बुको भ्रमणमा रहेका गायकद्वय राजु लामा र छेवाङ लामाले पिके क्षेत्रको भ्रमण गरेका छन् ।

कोरोनाले शिथिल बनाएको पर्यटनलाई चलायमान बनाउनका लागि निजि क्षेत्रबाट थालिएको यो अभियान अन्तरगत गायकद्धयले तल्लो सोलुको पर्यटकिय स्थल पिकेको आईतबार भ्रमण गरेका हुन् ।

पर्यटन व्यवसायी एवं नोम्याड नेपाल ट्रेक्स एण्ड एक्स्पिडिसनका निर्देशक कर्मा शेर्पाको सहजीकरणमा गायकद्वय लामाले पत्ताले, रात्नाङगे डाँडा, क्याम्जे, टाक्सिदु, गोली र जुनबेशी क्षेत्रको भ्रमण गरिसकेका छन् ।

पिके क्षेत्रको भ्रमण सकेर लामाको टोली दुधकुण्ड पोखरी प्रस्थान गरेका छन् । नेपाली संगीतमा ख्याती कमाएका गायकद्धयको भ्रमणले आन्तरिक पर्यटन विकासमा टेवा पुग्ने निर्देशक शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार