आत्म सन्तुष्टिका लागि गीत गरिरहेको छु – गीतकार बस्नेत

  हिमाल समाचार
364 Shares

काठमाण्डौँ – काठमाण्डौँ दक्षिणकालीका मणिराज बस्नेत १७ बर्ष देखि अमेरिकाको कोलोराडोमा छन् । परदेशमा रहेपनि नेपाली संगीत प्रतिको माया घटेको छैन् । बरु, बढ्दै गएको छ ।

गीतकार बस्नेतले पछिल्लो गीत ‘मायाले बोलाको’डिजिटल बजारमा ल्याएका छन् । गीतमा सोलुखुम्बुका गौतम सागर राईको संगीत छ भने खोटाङकी बविना किराँतीको स्वर रहेको छ ।

उनै गीतकार बस्नेतसंग हिमाल सहकर्मी शिखर गजरकोटेले गर्नुभएको कुराकानीको सम्पादित अंश :

१, अमेरिका किन जानुभयो ?

सन् २००४ मा डिभिबाट आएको हूँ ।

२, परदेशीको मनमा नेपालप्रतिको माया कस्तो हुन्छ ?

मातृभूमीको माया नलाग्ने को होला र ? बेलाबेलामा नेपाल आउछु पनि । तर व्यस्तताले आइरहन काँ पाइन्थ्यो र ? ५ बर्ष भयो, नेपाल नआएको । ज्यान जति टाढा, सम्झाना झन् गाढा हुदोरैछ ।

३, पछिल्लो गीतको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

गीतको प्रतिक्रिया राम्रो पाएको छु तर यूटुवमा भ्यूज राम्रो गएको छैन् । पछिल्लो ट्रेण्ड अनुसार गीत चलेनचलेको मापन भ्यूजबाट हुने गरेको छ । आफ्नो बौद्धिक सम्पत्ति ठानेर आफ्नै नामको च्यानलबाट सार्वजनिक गरेको छु ।

४, फिर्ता हुने वातावरण छैन्, तर पनि लगानी गरिरहनुभएको छ । के को लागि ?

सबैभन्दा ठूलो आत्मसन्तुष्टि नै हो । गीत त नेपालमै हुदा पनि लेख्थे । ३ वटा त एल्बम नै निकाले मैले । सबै गरेर करिब ५० वटा गीत रेर्कड भएका छन् । लगानी उठ्ला भनेर कहिल्यै सोचिन । त्यसैले आत्मसन्तुष्ट्रिका लागि नै गीतमा लगानी गर्छु ।

५, निरन्तरता दिन सकिएला ?

सकिन्छ, पहिले रहरैरहरमा गरियो । सन् २००७ मा पहिलो एल्बम निकाले । संगीतकारले पनि हौसला दिएपछि गीतसंगीत गर्दै जाँदा अहिले त नशा जस्तै भयो । फाट्टफुट्ट गीतहरु गरिरहेका छु । यो पटक एक महिनाको अन्तरालमै २ वटा गीत गरे । एक महिना अघि ‘पोल्छ मुटु’ल्याएको थिए ।

६, आगामी प्रस्तुती कस्तो रहलान् ?

मायाप्रेमको भाव त छदैछ, परदेशमा बसेर होला, परदेशीको पिडा, वेदना समाबेश गीत सृजना बढि हुने गर्दछ । ठ्याक्कै यहि आउछ भन्ने छैन् । तर, निरन्तरता दिन्छु ।

७, अन्त्यमा दर्शक स्रोतालाई के भन्नुहुन्छ ?

मेरो सृजना सुनेर प्रतिक्रिया दिनुहोला । जस्ले मलाई सुधारिने, अझ धेरै खारिने मौका मिल्नेछ । सबैलाई सम्झना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार