नेकपा (ओली समूह)सोलुखुम्बुको अध्यक्षमा बास्तोला

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – नेकपा (ओली समूह)सोलुखुम्बुका जिल्ला अध्यक्ष डुफ कुमार बास्तोला बनेका छन् ।

संसद विघटनको विषयलाई लिएर पार्टी दुई धारमा विभाजन भएपछि सोमबार सल्लेरीमा आयोजित बृहत अगुवा कार्यकर्ता भेलाको अवसरमा ओली समूहले बास्तोलालाई जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पेको हो । उनी नेचासल्यान गाउँपालिका अध्यक्ष पनि हुन् ।

त्यस्तै, पार्टीको जिल्ला सचिवको जिम्मेवारी आश कुमार राई ‘शिशिर’लाई दिइएको छ । उनी पुर्वमाओबादीका हुन् । पुर्वएमाले र माओबादीको एकतापछि मानवीर राई जिल्ला अध्यक्ष र गोम्बु शेर्पा सचिबको जिम्मेवारीमा थिए ।

पार्टी विभाजनको संघारमा गोम्बु शेर्पा नेकपाको प्रचण्ड–माधव समूहमा लागेपछि ओली समूहले जिल्ला नेतृत्व परिर्वतन गरेको हो ।

पुर्व जिल्ला अध्यक्ष मानवीर राईलाई यसअघि नै ओली समूहले विस्तार गरेको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार