संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ

काठमाडौँ- संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएका छन् । १०१ वर्षीय जोशीलाई सामान्य स्वास्थ्य समस्या देखिएको हो । चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको बताइएको छ ।

आज बिहान नै किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जोशीको स्वास्थ्यबारे जानकारी लिएका थिए ।

किष्ट मेडिकल कलेजले शताब्दी पुरूष र उनकी धर्मपत्नी राधादेवी जोशीको आजीवन स्वास्थ्य उपचार निःशुल्क गरिरहेको छ । मेडिकल कलेजले जोशीको घरमा नै पनि घरिघरि स्वास्थ्य टोली पठाइरहने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार