सल्लेरीमा मतदाता नामावली अद्यावधिक सम्बन्धमा अन्तरक्रिया

  हिमाल समाचार
133 Shares

सोलुखुम्बु-शान्त वातावरणमा निर्वाचन सम्पन्न गराउन तयार रहेको प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले बताएका छन् । सल्लेरीमा निर्वाचन कार्यालयले आयोजना गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रम २०७७ एक दिवशीय अन्तरक्रियामा बोल्दै प्रजिअ शाहीले भयरहित वातावरणमा निर्वाचन गराउनका लागि तयार रहेको बताए ।

जिल्लामा आवश्यक तथ्याङक संकलन शान्ति सुरक्षा व्यवस्थापनको तयारीमा लागेको उनले बताए ।

जिल्लामा माघ १५ गते देखि २१ गतेसम्म निर्वाचन आयोगले स्थानिय तहमा मतदाता नामावली अद्यावधिक दाबी बिरोध कार्यक्रम सञ्चालन गर्ने जिल्ला निर्वाचन अधिकारी नम्रता चुडालले जानकारी दिईन ।

माघ १६ गते देखि १८ गते सम्म मतदाता नामावलीमा रहेको नाम वा विवरण सच्याउन, दोहोरो नाम हटाउन निवेदन दिन वा मृत्यु भएका भए नागरिकता त्याग गरेका मतदाताको नामावली समावेश गरेको भए हटाउन उनले आग्रह गरिन् ।

कसैले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा माघ १६ देखि १८ गते भिमा उजुरी दिन सकिने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार