६ जना प्रेमिका एकसाथ गर्भवती

  हिमाल समाचार
455 Shares

काठमाडौँ- एउटा कथन छ नि बाचीमात्रै रहनुपर्छ संसारमा के के देख्न र सुन्न पाइन्छ, साच्चै यो विश्व विचित्रको छ, यहाँ हरेक स्वभावका मानिस पाइन्छन्, कोही हामीलाई बहुतै राम्रा र असल लाग्छन् अनि कोही एकदमै झुर तर जीवन त्यस्तो होस् जहाँ खुशी र आनन्द होस् । बाँकी अरुले त जे सुकै सोचुन् हैन र यसरी अरुको जीवनका रमाइला र रोचक कुराहरु पढ्दा पनि आफूलाई छुट्टै अनुभूति हुन्छ नि । ल पढ्नुहोस् एकैपटक ६ जना प्रेमिकालाई गर्भवती बनाएका यी प्रेमीको बारेमा ।

उनी स्टन्टका राजा भन्ने उपनामले पनि परिचित छन् । उनी जहाँ जान्छन् विवाद उनीसँगै उब्जिन्छ ।

नाइजेरियाका प्रिटी माइक नामक एक पुरुषले एकसाथ आफ्ना ६ जना प्रेमिकालाई गर्भवती बनाए ।

उनको खास नाम माइक इजी न्वाली न्ओगु हो । गत नोभेम्बरमा अभिनेता विलियम्बस उचेम्बोको विवाह समारोहमा उनले आफ्ना ६ जना गर्भवती प्रेमिकालाई सँगै लगे । विवाह समारोहमा आफुसँगै लगेका ६ जना गर्भवती प्रेमिकाको गर्भावस्थाको पेट उनले सुम्सुम्याएको तस्वीर निकै भाइरल बनेको थियो ।

उनले आफू र आफ्ना ६ गर्भवती प्रेमिकाको तस्वीर इन्स्टाग्राममा पोष्ट गर्दै आफूहरु निकै उत्कृष्ट जीवन बिताइरहेको बताएका छन् ।

स्मरण रहोस् केही वर्षअघि नाइजेरियाको राजधानीको सडकमा केटीहरुलाई कुकुर जस्तै घुँडा टेकाएर परेड खेलाएको आरोपमा उनी पक्राउ परेका थिए ।

यी नाइजेरियन प्ले ब्वायले लागोस नाइट क्लब सञ्चालन गर्दछन् । उनी निकै धनी छन् र पैसा पनि मनग्गे खर्च गर्दछन् । साथै उनले निकै महंगा ब्राण्डका कपडाहरु प्रयोग गर्नुका साथै सुपर कारहरु चढ्दछन् ।

-एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार