सोलुखुम्बुमा ग्लोबल ओरियन्स नेपाल बितरकको कार्यालय उद्घाटन

  हिमाल समाचार
3.2k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा ग्लोबल ओरियन्स नेपाल बितरकको कार्यालय उद्घाटन गरिएको छ ।

कम्पनिका गोल्डस्टार नविन अधिकारी, सेभेन स्टार अभिषेक परियार, सिक्स स्टार मालती परियार, फाईभ स्टार सञ्जय शर्मा सहित जिल्लाका सरोकारवालाको उपस्थितीमा कार्यालयउद्घाटन गरिएको हो ।

काठमाण्डौ महानगरपालिका १६ बालाजुमा रहेको ग्लोबल ओरियन्स नेपालकोे सोलुखुम्बुमा पनि हिमाल एफ.एम. नजिकै रहेको भवनबाट सेवा प्रवाह सुरु गरिएकोे हो । यो कार्यालय मार्फत रोजगारीको अवसरका साथै मानव जिवनलाई स्वास्थ्य राख्नका लागि यसले मदत गर्ने कम्पनिका गोल्डस्टार नविन अधिकारीले बताए ।

प्रत्यक्ष बिक्रि प्रणाली मार्फत आयुर्वेदिक र न्युट्रा कस्मेटिका सामान सहज बिक्रि वितरणका लागि यो कार्यालयको स्थापना गरिएको कम्पनिको आधिकारीक वितरक बिपिन्द्र बस्नेतले जानकारी दिए ।

आफ्नो उत्पादन र सेवा मार्फत जनमानसलाई स्वास्थ्य, समृद्धि र खुसी प्रदान गर्ने उदेश्यका साथ आयुर्वेदिक र न्युट्रा कस्मेटिका २४ प्रकारका सामान बजारमा ल्याएको छ ।

उद्घाटन कार्याक्रममा सोलुदुधकुण्ड नगरपालिका७ का वडाध्यक्ष लालमान श्रेष्ठ, उद्योग बाणीज्य संघका पदाधिकारी, स्थानिय लगायतको उपस्थिती रहेको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार