सिखोलामा मोटरेबल पुलको शिलान्यास

  हिमाल समाचार
385 Shares

सोलुखुम्बु – सोलुखुम्बुको काँगेल–मुक्ली जोड्ने सिखोलामा मोटरेबल पुलको शिलान्यास गरिएको छ ।

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर २ काँगेल र वडा नम्बर ६ मुक्लीको विचमा पर्ने सिखोलामा मोटरेबल पुलको शनिबार गाउँपालिका अध्यक्ष अशिम राईले शिलान्यास गरे ।

पन्चन–अम्रास सडक खण्डमा पर्ने उक्त खोलामा मोटरेवल पुल निर्माणका लागि ४ करोड ४३ लाख १४ हजार ७९० रुपैया वजेटको व्यवस्थापन गरिएको छ । पुलको ठेक्का खम्पाचे निशान जेभिले पाएको छ ।

पुन बन्ने भएसंगै नागरिकहरुलाई आवतजावतमा सहज हुने विश्वास लिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार