नेचा बिहिबारे क्षेत्रका पसल अनुगमन

  हिमाल समाचार
1.8k Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचा बिहिबारे बजार क्षेत्रका पसल अनुगमन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाको नेतृत्वमा गरिएको बजार अनुगमनमा म्याद नाघेका खाद्य बस्तु, श्रृङगारका सामाग्री तथा औषधि गरि १५ हजार २ सय मुल्य बराबरको सामाग्री जफत गरि नष्ट गरिएको छ ।

मुल्य सुचि राख्न, बोर्ड व्यवस्थापन गर्न, म्याद नाघेका सामाग्री हटाउन, मदिराजन्य पदार्थ छुट्टै बिक्रि वितरण तथा दर्ताका लागि उद्योग बाणिज्य संघले सहयोग गर्ने छ ।

साथै अनुगमनमा खटिएको ट्राफिक प्रहरीले नेचा क्षेत्रमा सवारी नियम उल्लङघन गर्ने तथा लाईसेन्स नबोक्ने ५ जनालाई कारबाही गरेको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

बजार अनुगमनमा गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक कुमारीदेवी शर्मा, निमित्त प्रमुख प्रसासकिय अधिकृत युवराज पोखरेल, शिक्षा शाखा अधिकृत माधबमणी ढुगाना लगायत गाउँपालिका कर्मचारी, उद्योग बाणिज्य सघंका प्रतिनिधि सुरक्षाकर्मिले सहभागि थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार