प्रचण्ड–माधव पक्षका सांसद्हरुको हस्ताक्षर संकलन

काठमाण्डौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठकअघि आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको छ ।

सो पक्षको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा वैठक बसिरहेको छ । बैठकअघि उपस्थित सांसदहरुले हस्ताक्षर गरिरहेका छन् ।

आजको दलको बैठकमा कति सांसद उपस्थिति हुन्छन् भन्ने चासोका साथ हेरिएको छ । पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको प्रचण्ड–माधव पक्षले संसदीय दलमा पनि बहुमत सिद्ध गर्ने कसरतमा रहेको छ ।

दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ । उता, केपी ओली पक्षले आफूहरुसँग १ सयभन्दा बढी सांसदहरु रहेको दाबी गरिरहेको छ ।

प्रतिनिधिसभामा नेकपाका १७३ सांसदहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार