अमेरिकामा हिमपात, डेन्भरमा दुई हजार उडान रद्द

  हिमाल समाचार
91 Shares

काठमाडौँ- अमेरिकाको डेन्भरबाट हुने दुई हजारभन्दा बढी उडान रद्द भएका छन्। अत्यधिक हिमपातका कारण सप्ताहन्तमा ती उडानहरु रद्द भएको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार शनिबार ७५० र आइतबार १३ सय उडान रद्द भएका हुन्।

राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पूर्वानुमान गरिएको जनाएको छ। हिमपातले प्राकृतिक प्रकोप तथा दुर्घटना गराउन सक्ने भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न सरकारी निकायहरुले सबैलाई आह्वान गरेका छन्।

उनीहरुले चिसो तथा हिउँबाट बच्न उच्च सतर्कता अपनाउन र दैनिक गतिविधिहरु गर्दा पनि सुरक्षाका उपायहरु अपनाएर मात्रै गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार