अन्तर क्लव पुरुष फुटवल प्रतियोगिता: केएफए र योङ व्वाईजवीच पहिलो खेल

  हिमाल समाचार
70 Shares

खोटाङ- दोश्रो जिल्ला अन्तर क्लव पुरुष फुटवल प्रतियोगिताको पहिलो खेल खोटाङ फुटवल एकेडेमी र योङ व्वाइज युनाइटेड फुटवल क्लवविच हुने भएको छ । खोटाङ फुटवल एकेडेमीले बुधबारबाट दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजना गर्ने प्रतियोगितामा उक्त दुई टिमविच प्रतिस्पर्धा हुने भएको हो ।

मंगलबार एकेडेमीको कार्यालय माटिकोरेमा खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिताको दोश्रो खेल नेर्पा स्पोर्टस क्लव र रुपाकोट फुटवल क्लव, तेश्रो खेल गुप्तेश्वर फुटवल क्लव र बाम्राङ फुटवल क्लव, चौथो खेल युवा जागरण स्पोर्टस क्लव र सोल्मा स्पोर्टस क्लव तथा पाँचौ खेल वाहुनीडाँडा फुटवल क्लव र बुईपा ११ स्पोर्टस क्लवविच हुने आयोजकले जनाएको छ ।

‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथमा हुने प्रतियोगितामा दुई जना गोल रक्षकसहित १४ जना खेलाडी, टिम मेनेजर र प्रशिक्षक गरी १६ जना हुनुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले ८८ हजार ८८८, दोश्रो टिमले ४४ हजार ४४४ र सेमिफाइनलिस्ट दुई टिमले प्रति टिम २२ हजार २२२ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार