वसन्त ऋतुमा हिमाल चढ्न तेस्रो समूहलाई अनुमति

  हिमाल समाचार
56 Shares

काठमाडाैँ- आउँदो वसन्तयाममा नेपालको हिमाल आरोहणका लागि तेस्रो समूहले अनुमति लिएको छ । अन्नपूर्ण हिमाल आरोहणका लागि १५ जना आरोही सम्मिलित एउटा समूहले आइतवार अनुमति लिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिए । योसहित वसन्तयाममा हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या २० पुगेको छ ।

यसअघि चार जनाको एउटा समूहले नुप्त्से हिमाल र एक जनाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका थिए । यसैबीच सगरमाथा आरोहणका लागि बाटो बनाउने आइसफल डाक्टरहरूको टोली सगरमाथा आधार शिविरबाट उकालो लागेको छ ।

आधार शिविरबाट दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट खटिएका आइसफल डाक्टरहरू हिउँमा बाटो बनाउँदै आधार शिविरबाट माथितर्फ गएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार