दुर्लभ जन्तरे निर्देशित भिडियो गिनिज बुकमा सूचिकृत (भिडियो)

  हिमाल समाचार
504 Shares

सोलुखुम्बु – दुलर्भ जन्तरे संगीत क्षेत्रका लागि नौलो नाम होईन् । उनी गीत लेखन र निर्देशनमा सक्रिय छन् । सोलुखुम्बुको सोताङमा जन्मेका उनको वास्तविक नाम बुद्धिराज राई हो । तर उनी संगीत क्षेत्रमा दुर्लभ जन्तरेकै नामले परिचित छन् ।

उनै जन्तरेले पछिल्लो समय भिडियो निर्देशनमा सफलता मिलेको छ । उनी निर्देशित भिडियोले विश्व रेकर्ड कायम गरेको छ । सोलुखुम्बुको गोक्यो ताल क्षेत्रमा (४८१४ मिटर)उचाईमा रेकर्ड तथा खिचिएको ‘गोक्यो रि’ गित र भिडियो गिनिज बुकमा सूचिकृत भएको छ । सो गीतको भिडियोमा दुलर्भ जन्तरेको निर्देशन रहेको छ ।

उनी निर्देशित भिडियोबाट ५ नेपाली (सोलुखुम्बु बासा सन्च खालिङ, देउसाका पावल राई, सोताङका लक्ष्मण कार्की, सिन्धुपाल्चोकका पुष्कर नेपाल र काभ्रेका राजन खरेल)ले विश्व रेकर्ड होल्ड गरेका छन् ।

यो प्रोजेक्टका अवधारणाकर्ता सन्च खालिङ हुन् । रेकर्ड होल्डरलाई केही हप्तामा प्रमाणपत्र उपलब्ध गराउने छ । सोही प्रोजेक्टबाट निर्देशक जन्तरेले पनि सहभागीताको प्रमाण–पत्र हात पार्नेछन् ।

मिलन किराँतीको गीत, विक्रम राईको संगीतमा तयार भएको गीतमा बबिना किराँतीले स्वर दिएकी छिन् । गीतको रेकर्ड साउण्ड रेकडिष्ट छिरिङ भोटेले गरेका हुन् ।

दुर्लभ जन्तरे निर्देशित भिडियोमा गायिका तथा मोडेल बबिना किराँती, मोडल अनिश सिङ्जाली मगर, बाल कलाकार १० वर्षीय रायल राईको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन तथा सम्पादन ईशक जबेगुले गरेका हुन् ।

दुर्गा प्रसाद राईले सहयोगी छायांकनको भुमिका खेलेका थिए । लाईभ बाद्यबाधनमा बिक्रम राईले मादल, राजिब बैजुले गिटार, बिक्रम गुरुङले अक्टाप्याड र पावल राईले बाँसुरी बजाएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार