खोटाङ उद्योग बाणिज्य संघको भवन शिलान्यास

  हिमाल समाचार
84 Shares

खोटाङ – स्थापना भएको करिब ४० वर्षपछि खोटाङ उद्योग वाणिज्य संघको सचिवालय भवन निर्माण हुने भएको छ ।

उद्योगी व्यवसायीहरुको हकहितका लागि आवाज उठाउदै आएको संघको जिल्ला अदालतमूनि निर्माण हुने भवनको शिलान्यास गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राईले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

संघले खरीद गरेको दुई रोपनी जग्गामा चार वर्षअघिबाट भवन बनाउन पहल गरिएको भए पनि बल्ल भवन निर्माणको काम सुरुवात भएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राईले जानकारी दिए । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा भवन निर्माणका लागि वजेट समेटिएपछि भवन बनाउन सुरु भएको अध्यक्ष राईको भनाई छ ।

साँढे ३ करोड लागतमा निर्माण सम्पन्न हुने साँढे तीन तले भवन क्रमागत रुपमा निर्माण हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार