ऐसेलुखर्कमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  हिमाल समाचार
182 Shares

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिकाको आयोजनामा बिहिबारबाट त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा प्रतियोगिता सुरु भएको हो । २१ गतेसम्म चल्ने प्रतियोगितामा महिला पुरुष भलिबल प्रतियोगिता, लङ्जम, हाईजम, सट्फुट र दौड प्रतियोगिता हुनेछ ।

कार्यक्रमको आज पहिलो दिन पुरुष भलिबलतर्फ ३ खेल सम्पन्न भएका छन् । त्रिभुवन मावि ऐसेलुखर्क र शान्तोदोय मावि ज्यामिरे बिच भएको पहिलो खेलमा त्रिभुवन माविले जित हात पारेको छ । त्यस्तै कालिका बाल विकास मावि ज्यामिरे र माक्पा मावि माक्पा बिच भएको खेलमा कालिका बास विकास माविले हार ब्यहोरेको छ ।

तेश्रो खेलमा शिसु मावि महेश्वरीले सिम्ले मावि जलेश्वरीलाई पछि पार्दै अघि बढेको छ । भोलीबाट सेमिफाईनलका खेल सुरु हुने छ ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल, विभिन्न वडाका वडाअध्यक्ष लगायतको उपस्थिती रहेको सहकर्मी खेमराज पुरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार