सल्लेरी–खुम्बु सडक स्तरउन्नतीका लागि ६० करोड बजेट

पर्यटन सुचना केन्द्र हस्तान्तरण

  हिमाल समाचार
4.2k Shares

सोलुखुम्बु- सल्लेरी–खुम्बु सडक स्तरउन्नतीका लागि ६० करोड बजेट थप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकैपटक १६५ वटा सडकको शिलान्यास गरेअनुसार सोलुखुम्बुको तल्लो क्षेत्रबाट खुम्बु क्षेत्र जोड्ने सडक पनि समावेश गरिएको हो ।

सोलुखुम्बुबा निर्वचित प्रतिनिधि सभा सदस्य हेमकुमार राई सुरवीरको पहलमा सिफारिस भएको सल्लेरी–सिगुढि–काँकु–बासा–ओर्लाङघाट–जुभिङ–खारिखोला हुदै खुम्बु जोड्ने सडक स्तरउन्नतीका लागि ६० करोड बिनियोजन भएको हो ।

सरकारले उच्च हिमाली निर्वाचन क्षेत्र रणनैतिक सडकअन्तरगत सो सडक छनौट गरेको सांसद राईको सचिवालयले जनाएको छ ।

अहिले सल्लेरी सिलगुडि–माप्य खुम्बु सडको धमाधम स्तरउन्नतीको काम भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार