भारतमा कोरोना संक्रमणदर हालसम्मकै उच्च

  हिमाल समाचार
84 Shares

काठमाडौं- भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमित व्यक्ति फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ अर्थात् हरेक १ सय जनामा ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच भारतको राजधानी नयाँदिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । यी डाक्टरहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका थिए ।

संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार