उदार दिलका भानुभक्त !

  हिमाल समाचार
609 Shares

सोलुखुम्बु – प्राय : निर्वाचनमा हारेकाहरु सुस्ताउछन् । जित्नेहरु बधाई थाप्नै व्यस्त हुन्छन् । तर चैत्र २५ मा सम्पन्न नेपाल पत्रकार महासंघ सोलुखुम्बुको निर्वाचनपछि फरक दृष्य देखियो ।

निर्वाचनको दिनसम्म आफ्नो पक्षमा मतदाता तान्न लागि परेका भानुभक्त निरौला र नुतन श्रेष्ठ मत परिणाम घोषणा भएकै भोलीपल्ट एकैठाउँमा देखिए । त्यो पनि रेडियो कुराकानीका लागि ।

निर्वाचनमा पराजय भोगेका पत्रकार निरौलाले विजयी बनेका अध्यक्ष श्रेष्ठलाई रेडियो कार्यक्रम ‘हाम्रो सरोकार’मा प्रश्न सोध्दै थिए । निर्वाचनको परिणाम आएको यत्ति छोटो समयमा निर्वाचनका निकटतम प्रतिद्धन्द्धीहरु गफिएलान् भन्ने सायद, कमैले सोचेका थिए ।

उद्यपी, निर्वाचनको परिणाम लगत्तै पहिलो खादा लगाएर निर्वाचित अध्यक्ष श्रेष्ठलाई बधाई दिएका थिए, निरौलाले । ६० मत खसेको जिल्लाको निर्वाचनमा श्रेष्ठले भन्दा २ मत कम ल्याएका निरौलाले पराजय भोग्नुपरेको थियो ।

निर्वाचनमा हार जितलाई स्वभाविक लिएका निरौलाले व्यवसायिक पत्रकारिताको भविष्य र आगामी योजनाका बारेमा सोध्नु अघि बधाई दिएका थिए । जवाफमा अध्यक्ष श्रेष्ठले भने, ‘ह्दय देखि नै धन्यवाद छ ।’

निर्वाचनमा प्रतिद्धन्द्धीका रुपमा देखिएका उनीहरु आमुन्ने सामुन्ने हुनुलाई लोकतान्त्रिक पद्धतीको सुकोमल अभ्यासको रुपमा लिइएको छ । अन्तरवार्ता सुनेपछि प्राप्त प्रतिक्रियामा निरौलाको उदार दिलको प्रशंसा गरेका छन् ।

अघिल्ला निर्वाचन पछि महिनौ नबोलेका दृष्टान्त पेश गर्दै अध्यक्ष श्रेष्ठले लोकतान्त्रिक संस्कारको अभ्यास हुनुलाई खुलेरै प्रसंशा गरे ।

कुराकानीमा महासंघ सोलुका अध्यक्ष श्रेष्ठले नतिजा अनपेक्षित आएको बताएका छन् । उनले भनेका छन्, ‘महासंघमा शुद्धिकरण आवश्यक छ ।’ उनले पत्रकारको क्षमता अभिबृद्धि र महासंघको आफ्नै भवन निर्माणको काम गर्ने योजना सुनाए ।

प्रेस चौतारीका उम्मेद्धार श्रेष्ठसंग निकटतम प्रतिद्धन्द्धी निरौला प्रेस यूनियन र प्रेस संगठनको संयुक्त प्यानलबाट अध्यक्षको उम्मेद्धार बनेका थिए ।

टु भर्सेज वानको परिस्थितीमा सम्पन्न निर्वाचनमा अध्यक्ष, सचिब, सहित राष्ट्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्य (२–२ जना)मा प्रेस चौतारीका उम्मेद्धारले जित निकालेका छन् भने २ उपाध्यक्ष, २ सह–सचिव, कोषाध्यक्ष, ३ समावेशी सदस्य –महिला, जनजाती र दलित) ४ खुला सदस्य र २ (एक महिला सहित) प्रदेश परिषद सदस्य संयुक्त प्यानलको पोल्टामा परेको छ ।

https://fb.watch/4Me4ThwvpN/

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार