वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी डुम्रेधारापानी ए टिमको पोल्टामा

खोटाङ – रावाबेशी गाउँपालिकामा जारी वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी डुम्रेधारापानी ए टिमले हात पारेको छ ।

गाउँपालिकाको समन्वय र वडा नम्बर ६ हौंचुरको आयोजनामा सारदा माविमा सञ्चालन भएको प्रतियोगितामा दुबेकोल ए टिम दोश्रो, डुम्रेधारापानी बि टिम तेश्रो र खार्पा बि टिमले सान्तवना स्थान हात पारेको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुने टिमलाई क्रमश ५५ हजार ५५५,३३ हजार ३३३, १५ हजार ५५५, ८ हजार ८८८ रुपैयाकोे साथमा प्रमाणपत्र ट्रफि र मेडल प्रदान गरिएको छ ।

साथै सर्बोत्कृष्ट खेलाडी रचन गुरुङ, उत्कृष्ट सटर प्रदिप खड्का, अनुशासित खेलाडी दिवस राईलाई नगद २ हजारको साथमा प्रमाणपत्र दिईएको छ ।

खेलमा म्यान अफ दि म्याचको पुरस्कार समेत दिईएको छ । कार्यक्रमको समापन सत्रमा गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, प्रमुख प्रसासकिय अधिकृत रेख बहादुर थापा विभिन्न वडाका वडाअध्यक्ष, कर्मचारी लगायत स्थानीयको उपस्थिती रहेको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार