निशुल्क शल्यक्रियाका लागि ८४ जना मोतिबिन्दुका बिरामी छनौट

  हिमाल समाचार
133 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा मोतिबिन्दुको शल्यक्रियाका लागि ८४ जना बिरामी छनौट भएका छन् ।

जिल्लाका विभिन्न स्थानमा चैत्र ७ देखि १७ गते सम्म सञ्चालन गरिएको आँखा शिविरबाट ८४ जना मोतियाबिन्दुका बिरामी शल्यक्रियाका लागि छनौट गरिएको हो ।

मुक्लिको शिविरबाट १७, सोताङबाट १२ जना, बुङबाट २४ जना, नेचामा १६ जना र बासाबाट १५ जना शल्यक्रियाका लागि छनौट भएको सामुदायिक आँखा केन्द्र फाप्लुका नेत्र अधिकृत पुष्पबाबु बस्नेतले जानकारी दिए ।

त्यस्तै सोलुदुधकुण्ड नगरपालिकामा बैशाख २ गते शिविर सञ्चालन गरि बिरामी छनौट गरिदै छ ।

छनौट भएका बिरामीको आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुईतको टोलीले बैशाख ३ र ४ गते निशुल्क शल्यक्रिया गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार