राष्ट्रिय भेलाको निर्णयअनुसार परिचालित हुन नेपाल समूहको निर्देशन

  हिमाल समाचार
42 Shares

काठमाडाैँ- एमालेको माधव नेपाल समूहले सर्कुलर जारी गरेर राष्ट्रिय कार्यकर्ता भेला, त्यसअघि र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निर्णयअनुसार कार्यकर्तालाई परिचालित हुन निर्देशिन दिएको छ ।

‘राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्‍यौँ । अत्यन्त उत्साहजनक एवं भव्य रूपमा सम्पन्न उक्त भेलाका निर्णयहरू, त्यसअघि र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निर्णयहरू समेत मातहत कमिटीहरूमा प्रेषित गर्न यो सर्कुलर जारी गरिएको छ । अब सम्पूर्ण पार्टी पंक्ति यसैअनुसार परिचालित हुन निर्देशित गरिन्छ’ जारी सर्कुलरमा भनिएको छ ।

उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलले ५ पुसमा गरेको संसद् विघटनको कदमलाई कालो दिनका रूपमा अर्थ्याएको छ । ‘प्रधानमन्त्री पद गुम्नेजस्तो भएपछि उहाँले घोर असंवैधानिक ढङ्गले २०७७ पौष ५ गतेका दिन जनताले ५ वर्षका निम्ति निर्वाचित गरेको प्रतिनिधिसभालाई नै विघटन गरिदिनुभयो । शक्तिशाली नेकपाको अध्यक्ष र झण्डै दुई तिहाई सांसदको समर्थन प्राप्त प्रधानमन्त्रीको हैसियत दुरूपयोग गर्दै प्रतिनिधिसभा विघटन गरिएको दिन नेपालको इतिहासमा एउटा कालो दिनको रूपमा रहनेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार