पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृ’त्यु

  हिमाल समाचार
0 Shares

काठमाडौँ – नेपालमा कोरोना संक्रमित मृतकको संख्या बढ्दै गएको छ। गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि आइतबार एक जना कोरोना संक्रमितको मृ’त्यु भएको थियो। गत २४ घण्टामै ५ सय ५९ जना कोरोना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ जना पुगेको छ।

गत २४ घण्टामा ५ हजार १ सय ५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख १७ हजार २ सय ८४ पुगेको छ। हाल ८५ जना क्वारेन्टाइनमा छन्। एकै दिन १ सय ३८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार