गार्मा माविमा (ओजेटि) कक्षा सञ्चालनका लागि सम्झौता

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ७ मा संचालित गार्मा माविमा कक्षा १२ पछि हुने अण्डर जव ट्रेनिङ (ओजेटि) कक्षा सञ्चालनका लागि कर्मा ग्रुप अफ कम्पनी सँग सम्झौता भएको छ ।

विद्यालयमा सञ्चालित प्राविधिक धार कृषि बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासलाई प्रभावकारी बनाउने द्येयले कर्मा ग्रप अफ कम्पनीका प्रबन्ध निर्देशक सुरेश गुरुङ र गार्मा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्राविधिक शिक्षा कृषि बालि विज्ञान अध्ययनरत विद्यार्थीले कक्षा १२को परीक्षा पछि गर्नु पर्ने ६ महिने अण्डर जव ट्रेनिङ (ओजेटि)कर्मा ग्रुप अफ कम्पनीले गराउने विद्यालयका प्रध्यानाध्यापक विनोद सिंह तामाङले जानकारी दिए ।

साथै सामाजिक दायित्व अन्तर्गत कर्मा गु्रप अफ कम्पनीले विद्यालयलाई १ लाख २५ हजार समेत उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार