दैनिक संक्रमित ११ हजार र सक्रिय संक्रमित ६ लाख पुग्ने प्रक्षेपण

  हिमाल समाचार
42 Shares

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोना संक्रमणको जोखिम भएतापनि बन्दाबन्दीको स्थिति आउन नदिने नै प्रयास गरिरहेको बताए ।

स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएकाले बताउँदै एन्टिजेन परीक्षणहरु बढाएको बताए ।

जेठ र असारसम्म कोरोना संक्रमितको संख्या उच्चतम बिन्दुमा पुग्ने सक्ने आंकलन छ । मन्त्री त्रिपाठीले भने, ‘दैनिक ११ हजार पुग्न सक्ने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण छ । तर त्यो अवस्था आउन नदिने भन्ने हो ।’

उनले काठमाडौं उपत्यकामा ७ देखि ८ लाख विद्यार्थीहरु रहेको र सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गर्न प्रस्ताव गरेको जानकारी दिए । उनले भाइरसको नयाँ भेरिएन्टहरु देखिएको र युवा तथा कम उमेर समूहकामा देखिएकोले बढी जोखिम देखिएको बताए ।

मन्त्री त्रिपाठीले १८ वर्षभन्दा माथिकालाई अहिलेसम्म खोप नहुँदा डरलाग्दो अवस्था रहेकाले भयावह अवस्था नदिन पूर्वतयारीमा ध्यान दिइरहेको बताए । त्रिपाठीले मुख्य नाकामा १ हजार जनासम्म बस्ने होल्डिङ सेन्टर हामीले निर्माण गर्ने काम अघि बढिसकेको जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार