संगीतकार सापकोटाको शब्द र संगीतमा “माया बैगुनी” (भिडियो सहित)

  हिमाल समाचार
168 Shares

सोलुखुम्बु – चर्चित गायक तथा संगीतकार वसन्त सापकोटाको माया बैगुनी बोल रहेको गितको भिडियो सार्वजनिक भएको छ । सापकोटाको शब्द, संगीतमा माया बैगुनी बोलको गीत बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ। गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ ।

पहिलो पटक गायिका उर्मिला लाम्गादेले यसै भिडियो मार्फत म्युजिक भिडियो अभिनयमा डेब्यु गरेकी छिन्। म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार दिलिप रायमाझी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।

प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार