रीड नेपालको उपलब्धि : विद्यार्थीको सिकाई १० प्रतिशतले बढ्यो

  हिमाल समाचार
301 Shares

सोलुखुम्ब – लामो समय देखि सोलुखुम्बुमा शैक्षिक उन्नयनको क्षेत्रमा काम गर्दै आएको रीड नेपालले १० प्रतिशत सिकाई उपलब्धि बृद्धि गरेको छ ।

३ वर्षदेखि जिल्लामा नमुना विद्यालय छनौट गरि काम गरिरहेको रीड नेपालले शैक्षिक क्षेत्रमा ३ देखि १० प्रतिशतसम्म सिकाई उपलब्धि हासिल गरेको हो ।

शुक्रबार सदरमुकाम सल्लेरीमा मुल्यांकन समितिले तयार पारेको रीड नेपालद्धारा सोलुखुम्बु जिल्लामा संचालित ३ वर्षे कार्यक्रमको मुल्यांकन प्रतिवेदन प्रस्तुत तथा आगामी परियोजना निर्माणका लागि छलफल गोष्ठीको आयोजना गरिएको थियो । सोही क्रममा शैक्षिक क्षेत्रमा संचालन गरिएका कार्यक्रमको प्रभावकारीता, चुनौती र आगामी दिनमा समावेश गर्न सकिने कार्यक्रमका विषयमा छलफल भएको थियो ।

छलफलका सरोकारवालाहरुले शिक्षकहरुको क्षमता अभिवृद्धि तालिमको प्रभावकारीता र तालिममा सिकेका कुरालाई कक्षा कोठामा प्रयोग कमै मात्र हुने गरेको, सम्बन्धीत निकायबाट विद्यालयको अनुगमन नभएको, अधिकांस विद्यालयमा पुष्ताकलय र ल्याब स्थापना गरिएको भएपनि उचित व्यवस्थापन नभएको र विषयगत शिक्षकहरुको अभाव हुने गरेको लगायतका प्रतिक्रिया दिएका छन् ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले आगामी दिनमा आईसिटी तालिम, शिक्षकहरुको क्षमता अभिबृद्धि तालिम, शिक्षक, विद्यार्थी र अभिभावकबिच सकरात्मक सम्बन्ध बिस्तारका लागि अभिभावक अभिमुखिकरण तालिम संचालन गर्ने बताए । उनका अनुसार विपद जोखिम, वाताबरण सरसफाई, सामाग्री वितरण र छात्रबृद्धि वितरण कार्यक्रमलाई निरन्तरता दिईने छ । श्रोत साधन अभावका कारण नमुना विद्यालय बाहेकका विद्यालयमा कार्यक्रम संचालन गर्न चुनौती रहेको उनको भनाई छ ।

छलफलमा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लालबाबु कवारीले रीड नेपालले बर्षेनी ५ जनालाई प्राविधिक शिक्षा दिदै आएकोमा त्यो कोटालाई बृद्धि गर्नुपर्ने बताए । छलफलमा नगरपालिकी प्रवक्ता सारदा माया तामाङ, रीड नेपालका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार