!! श्रमजीवी पत्रकारका सपना !!

  हिमाल समाचार
70 Shares

भानुभक्त आचार्य
पत्रकार/लेखक
काठमाण्डौँ – पत्रकारिता क्षेत्रको वेतिथीको विरुद्धमा खरो रुपमा उत्रने पत्रकार भानुभक्त आचार्य लेखक पनि हुनुहुन्छ । उहाँले श्रमिक दिवसको अवसरमा श्रमजीवी पत्रकारको पक्षमा शब्द मार्फत आवाज उठाएका छन् ।

!! श्रमजीवी पत्रकारका सपना !!

जागिर सुरु हुँदा हातमा नियुक्ति पत्र होस् ।
ऐन बमोजिम तलब, सुविधा र भत्ता होस् ।१।

तीस दिनमा पत्रकारको पनि महिना मरोस् ।
तलब खान विज्ञापन खोजिहिड्न नपरोस् ।२।

महिला पत्रकारको छ मैना प्रसुति बिदा होस् ।
काममा फर्किंदा जागिर होस्, झमेला नहोस् ।३।

पत्रकारलाई व्यापारी र माफियाले दुःख नदिउन् ।
नेताले निःशुल्क प्रचारक र भरिया नसम्झिउन् ।४।

महासंघले मालिक हैन, पत्रकारकै हित हेरोस् ।
श्रमजीवी ऐन नमान्ने मिडियाको सटर बन्द होस् ।५।

श्रमिक दिवसको शुभकामना । मे १

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार