लोकप्रिय भाका ‘सै राजा सैसै’

  शिखर गजरकोटे
161 Shares

सोलुखुम्बु – पूर्वी पहाडी भेगमा धेरै गाइने गीत हो, ‘सै राजा सैसै, सै रानी सैसै’ । धार्मिक मेला भर्दा होस् या गाउँ घरमा हुने शुभ काममा यहि गीत गाइन्छ । यो गीत एकोहोरो मात्र हैन, दोहोरीको रुपमा पनि गाइदै आइएको छ ।

सोलुखुम्बुको महाकुलुङ–५ चाचालुङका बलराम राई उमेरले ५२ बर्ष पगे । उनले जान्दा साल्पा पोखरीमा मेला भर्न जाँदा आफ्ना बाबाले गाएको नाचेको सम्झना छ । उनै अभिभावकबाट उनले पनि गाउन सिके ।

अहिले मन रमाउदा वा विरह चल्दा मात्र हैन् । बलरामले विहेपनि ‘सै राजा सैसै, सै रानी सैसै’गीतमा दोहोरी खेल्दाखेल्दै गरेका हुन् । अहिले पनि गाउँको शुभ कार्य होस् या मेलापात श्रीमान श्रीमती बीचमा नै दोहोरी चल्छ ।

उनी भन्छन्, ‘सै राजा गाएरै विहे गरेको हूँ । परिवारमा म पनि जन्तरे । श्रीमती पनि जन्तरे नै विहे गरे । अहिले पनि हामी एक आपसमा दोहोरी खेलेर रमाउछौ ।’

चाचालुङका तिलकराम राई पनि ‘सै राजा सैसै, सै रानी सैसै’ गाउन मन पराउछन् । ‘पुख्यौली लोक गीत जर्गेनाका लागि पनि मैले गाउन सिकेको छु ।’ उनले भने । कान्छा पुस्ताले पनि एक्लो मन भुलाउन भएपनि यो गीत गाउन सिक्नुपर्ने तिलकरामको भनाई छ ।

सोलुखुम्बु, खोटाङ, भोजपुर जिल्लाका उत्तरी भेगका मानिसहरु साल्पा पोखरीको मेला जाँदा आउदा र मेला स्थलमा ‘सै राजा’ गाएर रमाईलो गर्छन् । ग्रामिण भेगमा लोकप्रिय यो भाकामा कुलुङ समुदायले कुलुङ भाषामै पनि गाउने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार