सोलुखुम्बुमा २८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १११ पुग्यो

  हिमाल समाचार
882 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा गरिएको एन्टिजेन परिक्षणमा २४ जना र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुुखम्बुले जनाएको छ ।

माप्य दुधकोशीमा काठमाण्डौबाट आएका ७४ जनामा गरिएको एन्टिजेन परिक्षणमा ११ जना महिला र १३ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी रामनारायण शाहले जानकारी दिए ।

त्यस्तै खुम्बुमा स्थानीय ४ जना पुरुषलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमतिको संख्या १११ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार