फाप्लु अस्पताल तोडफोड

  हिमाल समाचार
2.2k Shares

सोलुखुम्बु – सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लु तोडफोड भएको छ । पखाला लागेको विरामीको उपचार अभावमा मृत्यू भएपछि आक्रोशित मृतकका परिवार र आफन्तले अस्पताल तोडफोड गरेको सूचना प्राप्त भएको छ ।

वार्डमा उपचाररत विरामीको आफन्तले बताए अनुसार शेर्पा समुदायको एक परिवारले पखाला लागेको बच्चा उपचारका लागि विहान अस्पताल पु¥याएको थियो । अस्पतालले उपचार गर्नुको सट्टा औषधी लेखेर रेफर गरेको थियो ।

यद्यपी, अस्पताल प्रशासन र पिडित परिवारको आधिकारिक कुरा आउन बाँकी छ । स्रोतका अनुसार आक्रोशित परिवार र आफन्तले अस्पतालको इर्मजेन्सी वार्डमा तोडफोड गरेको छ । पछिल्लो खबर अनुसार तोडफोडमा उत्रेका केहीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार