फाप्लु अस्पतालमा उत्पन्न तनाव सहमतिमै व्यवस्थापन

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लु अस्पतालमा एक बालकको मृत्यु भएपछि उत्पन्न तनाव सहमतिमा व्यवस्थापन भएको छ ।

फाप्लु अस्पताल, जिल्ला प्रशासन र पिडित पक्षबिच छलफल पश्चात अस्पतालमा तोडफोड भएको क्षतिपुर्ति पिडित पक्षले व्यहोर्ने सहमति भएपछि घटना साम्य भएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए ।

सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केका दावा गेलु शेर्पाका ३ वर्षिय छोरा ङिमा नुरु शेर्पाको अस्पतालमा निधन भएपछि मृतकका परिवार तथा आफन्तले अस्पतालको एक वार्ड तोडफोड गरेका थिए ।

बिहिबार विहान बच्चामा झाडापखालाका कारण शरिरमा पानीको मात्रा कम भएर ज्यान गएको अस्पतालले जनाएको छ । बालकको निधनपछि अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाहीको आरोपमा घटनाले उग्र रुप लिएको थियो ।

सहमतिसँगै मृतकका आफन्तले अस्पतालबाट शव समेत बुझेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार