संगीतको टेको, सोताङका टेक

  शिखर गजरकोटे
525 Shares

काठमाण्डौँ – गायक तथा संगीतकार टेक नाछिरिङ सोलुखुम्बुको सोताङमा जन्मेका हुन् । एसएलसी दिएर काठमाण्डौँ छिरेका उनले डेढ दशक संगीत क्षेत्रमा विताएका छन् ।

उनको ‘पर्खि बस्छु’, ‘मरेर लानु के छ र’, ‘जुन जस्ती माया’, ‘म कसरी ज्यून सक्छु’ दर्शक स्रोताले मन पराएका गीतहरु हुन् । उनले मातृ भाषा (नाछिरिङ)को गीत पनि गाएका छन् ।

२०६० सालमा एसएलसी दिएका टेकले संगीत क्षेत्रमा लाग्नकै लागि उच्च शिक्षाको लागि राजधानी रोजे । आरआर क्याम्पसमा संगीत विषय लिएरै अध्ययन गरेका उनले संगीतमै भविष्य खोज्न छाडेका छैनन् । उनी भन्छन्, ‘डेढ दशक वित्यो । उल्लेख्य प्रगति गर्न नसकेपनि थाकेको छैन् ।’ साधनाबाटै एक दिन स्थापित बन्छु भन्ने सपना उनीमा छ ।

गीतसंगीतबाटै टिकिरहेका टेकलाई लाग्छ की, साधना गरेर, सिकेर, मेहनत गर्न सक्ने व्यक्तिलाई संगीतमा भविष्य छैन् लाग्दैन् । ‘गीत संगीतबाटै कमाएर जमाएर विलासी जीवन जिएका दर्जनौ उदाहरण पनि छन् ।’ उनी थप्छन्, ‘जुन घरको जग बलियो हुन्छ नी, त्यही घर बर्षौबर्ष भत्किदैन् । भुकम्पै आएपनि लडाउन सक्दैन् ।’

भाइरल कन्टेट लिएर बजारमा आएकाहरुलाई दिगोपनाका लागि औपचारिक शिक्षा लिनका लागि आग्रह गर्छन्, टेक । उद्यपी, उनले भाइरस प्रतिभालाई पनि सम्मान गर्छन् । पहिलो गीत रेकर्ड गरेको विगतलाई सम्झदै टेक भन्छन्, ‘क्याम्पस पढ्न थालेपछि ३ जना साथीहरु मिलेर पुर्वेली लोक गीत रेकर्ड गराएका थियौ । त्यो बेला गीत रेकर्डका लागि १५ हजार जति खर्चिएका थियौ ।’ उद्यपी, त्यो गीत राम्रो संग बजारमा पठाउन सकिएन । तर त्यो बेलाको रमाईलो र सन्तुष्टि बेग्लै थियो । उनी भन्छन् ।

पर्खि बस्छु साँझपख तारा संगै खस्यौ भने
खस्दा खस्दै यो दिल भित्र माया बनि बस्यौ भने
कति खुसी हुन्थे होला कलेजीमै बस्यौ भने
सयौँ जुनी मायाको यो अंगालोमा कस्यौँ भने
पर्खि बस्छु ……

भर्चुअल कुराकानीको क्रममा हार्मोनियमको साथ लिएर ‘पर्खि बस्छु’गाएर सुनाए । यो गीत अन्जु पन्तको स्वरमा रेकर्ड भएको छ । टेककै संगीतमा तयार भएको गीत बस्ति राई बगरले लेखेका हुन् । उनी रोजगारीको शिलशिलामा कोरियामा छन् ।

‘गीत संगीत नशा हो । यसैमा सन्तुष्टि छ । यहि त होला मजा भनेको ।’ टेक भन्छन्, ‘मेहनत गरेर कमाएको नाम र दामले दिने खुसी बेग्लै छ ।’ साधनाबाट आउने संगीतकर्मीले गुणस्तरिय काम गर्न सक्ने र उस्को चर्चा सदाबहार बन्ने संगीतकार टेकको भनाई छ ।

गीत संगीतको अधिकांश लगानी बालुवामा पानी हालेजस्तै देखिन्छ । त्यसकारण पनि धेरै मानिस गीत संगीतमा लगानी गर्न तर्सिन्छन् । लगानी रकम मात्रै पनि फिर्ता हुने वातावरण न्यून छ । ‘खास गीत सुन्ने हो तर प्रविधिको जमानाले गर्दा हेर्ने बानीको विकास भयो । निर्माताले अडियो मात्र तयार पारेर पुग्ने अवस्था छैन् । उस्ले भिडियो बनाउनै पर्छ । त्यस्ले गर्दा लगानी समेत बढेको छ ।’ उनले भने । गीत चल्यो भन्यो मात्रै लगानी सुरक्षित रहन्छ । नत्र, जुवा खेलेसरी हुने उनको भनाई छ ।

मायाको चिनो मनभरी थियो
फाल्यौ की राख्यौ निरमाया
रंगीन संसार सजाउछु भन्थ्यौ
खस्यो की भुल्यौ निरमाया

दुलर्भ जन्तरेको गीत लेखन र टेक नाछिरिङको संगीतमा तयार भएको गीत रेकर्डको काम बाँकी छ । उद्यपी, कुराकानीमै एक अन्तरा गाएर सुनाए । लेडिज एण्ड जेन्स भर्सनमा बजारमा ल्याउने तयारीमा रहेको गीत रेकर्ड निषेधाज्ञाले पछाडी धकलिएको संगीतकारले बताए ।

आगामी दिनमा लोक आधुनिक गीतहरु क्रमसंगै सार्वजनिक गर्दै जाने योजना सुनाए । टेक भन्छन्, ‘म लोक आधुनिक धारबाट संगीतमा संघर्षरत छु । भोलीका दिनमा लोक आधुनिक प्रमुख रुपमा सार्वजनिक हुनेछन् । यद्यपी, पुर्वेली लोक धारलाई पनि विर्सने छैन् ।’

कुराकानीको अन्त्यमा जन्मभूमि सोलुको सोताङलाई सम्झे । निषेधाज्ञामा काठमाण्डौमा रहेका उनले गाउँलाई सम्झिरहेका छन् । ‘काठमाण्डौँ ठप्प हुदा गाउँघरमा कोरोनाबाट बच्न पनि सजिलो हुन्थ्यो । रमाईलो पनि हुन्थ्यो ।’उनले भने ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार