‘नागरिकको जीवन सुरक्षा नै पहिलो प्राथमिकता’

  हिमाल समाचार
91 Shares

सोलुखुम्बु – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले नागरिकको जीवन सुरक्षा ने पहिलो प्राथमिकता रहेको बताए । कोरोना संक्रमणबाट मृत्यू हुने संख्या बढिरहेको अवस्थामा स्थानीय सरकारले नागरिकको जीवन सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

हिमाल एफ.एमसंग कुराकानी गर्दै मेयर राईले संक्रमितको उपचार र निगरानीका साथै संक्रमण फैलन नदिनका लागि जिम्मेवार तवरले काम गरिरहेको बताए । उनले कोरोनाका कारण मृत्यू हुनेहरुको लागि अन्त्यष्टी विधि र स्थान टुंगो लगाएको विषयमा टिकाटिप्पणी हुनुलाई गलत भनेका छन् ।

‘कोरोना संक्रमणबाट मृत्यू भएकाको शव कसरी र कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या आउनुभन्दा पहिलेनै तयारी अवस्थामा रहनु सकारात्मक कुरा हो ।’उनले भने, ‘संघीय सरकारको सर्कुलर अनुसारकै निर्णय हो । अन्त्यष्टी विधि र स्थान टुंगो लगाउनु भनेको व्यक्ति बचाउन तिर नलाग्ने भनेको होईन् ।’ संकटको बेलामा नकारात्मक टिछकाटिप्पणी भन्दा पनि सहकार्य आवश्यक रहेको बताए ।

संक्रमितको उपचार र निगरानीमा उचित ध्यान दिएको मेयर राईले दाबी गरे । संक्रमणदर नबढोस् भन्ने हेतुले हलेसी तुवाचुङलाई शिल गरिएको छ । संक्रमितलाई थप उपचारका लागि अन्यत्र लैजानु परे आफू चढेको गाडीलाई प्रयोग गर्ने उनको भनाई छ ।

‘उपमेयरज्यूले आफू चढ्ने गाडी एम्बुलेन्सको लागि प्रयोग गर्न स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसक्नुभएको छ । म पनि तयार छु । आवश्यक पर्दा जुनसुकै बेला सरकारी सम्पत्तीको सदुपयोग गर्न तयार छु । हिजोका दिनमा पनि विभिन्न समस्यामा नागरिककै सेवामा सार्वजनिक सवारी प्रयोग गरिएको छ । आज नगर्ने भन्ने कुरै हुदैन् ।’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार