विहानै देखि सगरमाथा क्षेत्रमा भारी हिमपात, आरोही उद्धारमा कठिनाई

  हिमाल समाचार
1.5k Shares

सोलुखुम्बु – गएराति देखि सगरमाथा क्षेत्रमा भारी हिमपात हुदा आरोहण प्रभावित भएको छ । मौसममा खराबी आएसंगै बाक्लो हिउं परेपछि आरोहीहरुको उद्धारमा समेत समस्या भएको छ ।

आरोहणका लागि चौथो आधार शिविरसम्म पुगेका सबै जना दोश्रो शिविरमा फर्किएका छन् भने उनीहरुलाई आधारशिविर सम्म झार्न समस्या भएको आधारशिविरबाट सम्पर्क अधिकृत खिमलाल गौतमले बताए । अहिले ३ दर्जन भन्दा बढी आरोही र सहयोगी समेत गरि १ सय जना भन्दा बढी दोश्रो आधार शिविरमा अड्किएका छन् ।

आरोहण सफल गरेर फर्किएका केही आरोहीहरु घाईते भएको र उनीहरुको उद्धारको लागि मौसम प्रतिकुलता कै कारणले हेलिकप्टर समेत पठाउन सकिएको छैन ।

आधारशिविरबाट दोश्रो आधारशिविरमा रहेका सामान तल झार्नका लागि उच्च हिमाली कामदारहरु समेत उकालो जान नसकेको सम्पर्क अधिकृत गौतमको भनाई छ । अहिलेसम्म २ सय बढीले यो सिजनमा आरोहण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार