सोलुखुम्बुलाई २० थान कन्सन्ट्रेटर प्राप्त

  हिमाल समाचार
1.7k Shares

सोलुखुम्बु – नन रेसिडेन्ट नेपाली एसोसियसनले नेपाल सरकार मार्फत उपलब्ध गराएको २० थान कन्सन्ट्रेटर सोलुखुम्बु आईपुगेको छ ।

सोलुखुम्बुका पुर्व सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाको पहल तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको समन्वयमा ल्याईएको कन्सन्ट्रेटर स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

कार्यालयले आवश्यकताको आधारमा जिल्लाको जुनसुकै स्थानमा पनि पठाउन सक्नेछ । हस्तान्तरण कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका ४ का वडाध्यक्ष राजु पाख्रिन लगायतका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार