जस्ले अमेरिकाबाट नेपाली संगीतमा लगानी गर्छन्

  हिमाल समाचार
1.8k Shares

काठमाण्डौँ – काठमाण्डौँ फर्पिङ डल्लुमा जन्मे हुर्केका गीतकार मणिराज बस्नेत १७ बर्ष देखि अमेरिकाको कोलोराडोमा बस्छन् । जस्ले अमेरिकाबाट नेपाली गीतसंगीतलाई निरन्तरता दिईरहेका छन् ।

पछिल्लो समय ‘मायाले बोलाको’डिजिटल बजारमा ल्याएका बस्नेतले ‘गुलेली मट्यांग्रा’बोलको गीत बजारमा ल्याउदैछन् । बस्नेतको गीतमा राम कुमार नेपालीको संगीत रहनेछ । अन्जु पन्त र संगीतकार नेपालीको स्वरमा रेकर्ड भएको छ ।

सन् २००४ मा डिभि परेर अमेरिका प्रवेश गरेको उनी अमेरिका पुगेकै कारण गीत संगीतलाई निरन्तरता दिन सजिलो भएको बताउछन् । ‘गीत निर्माणमा मुख्य पाटो नै अर्थ रैछ । यदि नेपालमै रहेको भए आर्थिक रुपमा सवल हुन्थिन की । अनि कहाँबाट लाखौ लगानी गर्न सक्नु र ?’उनले भने ।

लामो समय प्रवासमा विताएका बस्नेतले जन्मभूमिलाई सम्झेर मनका भावनालाई गीतमा ढाल्ने गर्छन् । ‘पोल्छ मुटु’ त्यसकै उपज थियो । उनी गुणस्तरिय काममा विश्वास राख्छन् । उनी भन्छन्, ‘कुनै गीत चल्ला भन्ने आशले त, कुनै गीतमा आत्मसन्तुष्टिका लागि पनि लगानी गरिन्छ ।’

‘पोल्छ मुटु’मा दिलिप रायमाझीलाई अभिनय गराएका बस्नेतले ‘फाटेको मन’मा नायक राजबल्लभ कोईरालालाई प्रस्तुत गरेका छन् । हेमन्त शर्माले गाएको ‘माया प्रिती’मा आँचल शर्मा र आकाश श्रेष्ठलाई अभिनय गराएका छन् । सानै देखि गीत संगीत भनेपछि हुरुक्कै हुन्थे । गाउँमा छँदा पनि ठूलो स्पिकरमा गीत बजाएर मजा लिन्थे । ३ वटा त एल्बम नै निकाले मैले । सबै गरेर करिब ५० वटा गीत रेर्कड भएका छन् ।

पछिल्लो समय प्रत्यक्ष दोहोरीमा समेत लगानी बढाएका छन् । गीतकार बस्नेतले ‘गरौ रमाईलो’दोहोरी कार्यक्रम उत्पादनमा लगानी बढाएका हुन् । लगानी अमेरिकाबाट हुन्छ । गीतसंगीत उत्पादनको काम नेपालमा हुन्छ । उनले आफ्ना विश्वास पात्रलाई संगीतको काम लगाउछन् ।

(शिखर गजरकोटेसंग नेपाल–अमेरिका भर्चुअल कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार