हलेसीमा माङखिम निर्माण आरम्भ

  हिमाल समाचार
224 Shares

खोटाङ – ‘त्रिधार्मिक तपोः भूमि हलेसी’हलेसीमा माङखिम निर्माण आरम्भ गरिएको छ ।

हलेसीको बृहत गुरु योजना अनुसार बसाहा गुफाको अगाडी किराँती समुदायको सांस्कृतिक घर ( माङखिम) बन्ने गरि आज हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर विमला राई, वडाअध्यक्ष चइन्द्र राई र निर्माण समितिका अध्यक्ष मबिन्द्र राईले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

माङखिम निर्माणको लागि नगरपालिकाले चालु आर्थिक बर्षमा १५ लाख विनियोजन गरेको छ । परम्परा र संस्कृति झल्काउने सामाग्री र बनावटमा माङखिम बन्ने भएकाले लगानी बढ्न सक्ने भएकाले बाँकी बजेट आगामी बर्षमा विनियोजन गर्दै जाने मेयर राईले बताए । माङखिम १३ हात चौडाई र २० हात लम्बाईको बन्ने छ ।

त्रि–धार्मिक स्थल हलेसी भनिएपनि किराँतीहरुको पहिचान बोक्ने संरचना नभएकाले माङखिम निर्माण शुरु गरिएको हो । हलेसी मन्दिरको पश्चिम क्षेत्रमा रहेको बसाहा थानको ठिक अगाडी बन्ने माङखिमलाई महत्वपुर्ण मानिएको मुन्धुमविद् भोगिराज राईले बताए ।

तोयामा, खियामा र खोच्चिलिपाको समेत जन्मथलो रहकाले पनि सोही ठाउँमा माङखिम निर्माण गर्न लागिएको हो । माङखिम परम्परागत ढाँचामा निर्माण गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार