रावावेशीको बजेट : ३६ करोड ४५ लाख ३५ हजार

  प्रेम श्रेष्ठ
1.1k Shares

खोटाङ – खोटाङको रावावेशी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको गाउँसभाबाट ३६ करोड ४५ लाख ३५ हजार रुपैँयाको बार्षिक वजेट पारित गरेको हो ।

चालु तर्फ २१ करोड २८ लाख १९ हजार र पूँजीगत तर्फ १५ करोड १७ लाख १६ हजार विनियोजन गरिएको छ । गाउँपालिकाले कोरोना भाईरसबाट सिर्जना भएको संकट, प्रभाव र असरको पहिचान गरि कोरोना भाईरस न्युनिकरणका लागि क्वारेन्टिन, आईसोलेशन व्यवस्थापन, कन्ट्रयाक ट्रेसिङ टोली व्यवस्थापन, आवश्यक सामाग्री र औषधी व्यवस्थापनका लागि प्रकोप व्यवस्थापनक खातामा जम्मा हुने गरि ७० लाख विनियोजन गरेको छ ।

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रमहरु संचालन गरि कृषिलाई आधुनिकिकरण, व्यवसायीकरण र विशिष्टिकरण गरि उत्पादकत्व बृद्धि गर्ने र रोजगार सृजना गर्ने उदेश्यका साथ आर्थिक विकासको क्षेत्रमा ९९ लाख ६० हजार रकम विनियोजन गरेको छ । साथै सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार गर्न र लामो समय बन्द भएको शिक्षाको क्षेत्रलाई चलायमान बनाउदै विभिन्न शैक्षिक अनुदानका साथै शिक्षक शिक्षिकालाई दक्ष बनाउन आईसिटी तथा कम्प्युटर तालिमका लागि आवश्यक वजेट विनियोजन गरिएको उपाध्यक्ष समला राईले बताईन ।

उपाध्यक्ष राईका अनुसार मध्यपहाडी लोकमार्गसंग जोडिने लेकखर्क–दुबेकोल–ऐसेलुखर्क सडकको विजुले देखि हरम्टारखण्डको कालोपत्रेका साथै अन्य गौरबका आयोजनाहरुका लागि २ करोड ८७ लाख ३५ हजार र सुशासन तथा संस्थागत विकासको क्षेत्रमा १९ लाख ९५ हजार विनियोजन गरिएको छ ।

कोरोना कहरका कारण चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजना प्राथमिकताका साथ कार्यान्वयन गर्ने र स्वास्थ्यको क्षेत्रमा स्थानीय सरकार गम्भिर बन्ने पालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार