नेचासल्यानको बजेट : ४७ करोड १८ लाख ४० हजार

  धन कुमार ढुंगेल
1.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८–७९ का लागि ४७ करोड १८ लाख ४० हजारको बजेट ल्याएको छ ।

आज बसेको गाउँ सभामा गाउँपालिकाका प्रवक्ता धर्मध्वज खत्रीले प्रस्तुत गरेको बजेटमा २६ करोड ८२ लाख ७१ हजार चालु र २० करोड ७५ लाख ६९ हजार पूँजीगत बजेट रहेको छ ।

सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी देवी शर्माले प्रस्तुत गरेको निति तथा कार्यक्रम बहुमत सदस्यबाट पारित गरिएको छ ।

गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले बजेटमा पुर्वाधार निर्माण र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिईएको बताए ।

बजेटबारे विस्तृत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार