दिपक बस्नेतले ल्याए ‘सेवा नै धर्म हो’ (भिडियो)

  हिमाल समाचार
322 Shares

काठमाण्डौँ – जापानमा रहेर नेपाली गीत संगीतलाई निरन्तरता दिईरहेका गीतकार दिपक बस्नेतले पछिल्लो समय सामाजिक जागरणमूलक गीत ‘सेवा नै धर्म हो’सार्वजनिक गरेका छन् ।

बलराम समालको संगीतमा तयार भएको गीतमा दुर्गा परियार, बलराम समाल र लोकेन्द्र कार्कीको स्वर सुन्न सकिन्छ । गीतलाई दिपक बस्नेतको यूटुव च्यानलबाट अपलोड गरिएको छ ।

जातीय छुवाछुत र विभेदको विषय चर्किरहेको बेला गीतकार बस्नेतले छुवाछुत विरुद्धको जागरण गीत सार्वजनिक गरिएको छ । गीतमा भनिएको छ, ‘सेवा नै धर्म हो, जातजाती, छुवाछुत ठूलो भ्रम हो ।’

गीतकार बस्नेत चाहन्छन्, ‘ सिल्पी समुदाय माथि गरिने छुवाछुत निवारणका लागि प्रस्तुत गीतले भूमिका खेलोस् ।’

यसअघि दिपकले ‘तिमी फुल हौ’, ‘मेहफिलमा आज’, ‘तातो रगत अझै छ’, ‘जीवन यस्तै यस्तै चल्दै छ’ जस्ता गीत प्रस्तुत गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार