राष्ट्रिय स्तरको निबन्ध प्रतियोगीताको नतिजा सार्वजनिक, रुपन्देहीकी ममता बनिन् प्रथम

  हिमाल समाचार
1k Shares

काठमाण्डौँ – रीड नेपालले आयोजना गरेको राष्ट्रिय स्तरको निबन्ध प्रतियोगीतामा रुपन्देहीकी ममता चौधरी प्रथम बनेकी छिन् ।

जाइका, आईसी नेटको आर्थिक सहयोगमा रीड नेपालले संचालन गरेको क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तरगत प्रसारणमा आएको रेडियो कक्षा ‘मेरो रेडियो पाठशाला, मेरो भविष्य’मा आधारित निबन्ध प्रतियोगीतामा रुपन्देही तिलोत्तमा स्थित जनहित माविकी छात्रा ममता चौधरी प्रथम बनेकी छिन् ।

असार २१ (५ जुलाई)मा आयोजना गरिएको भर्चुअल कार्यक्रमबाट नतिजा घोषणा तथा पुरस्कार वितरण गरिएको छ । प्रतियोगीतामा ओखलढुंगाको नर्बदेश्वर माविकी मूना श्रेष्ठले द्धितीय स्थान हासिल गरेकी छिन् ।

ममता भन्छिन्, ‘मेहनतको फल मिठो पाउदा निकै खुसी छु । नतिजा सुन्दा अच्चमित र हर्षित भए । तर प्रथम नै बनुला भन्ने लागेको थिईन् ।’ क्विक ईम्प्याक्ट प्रोजेक्टबाट आफू निकै प्रभावित बनेको बताईन् ।

कमला जनज्योति मावि सिन्धुलीमा अध्ययनरत छात्रा कविता श्रेष्ठ तृतीय बनेकी छिन् । ओखलढुंगाको नर्बदेश्वर माविका छात्र पियूष सुनुवार चौथो, श्री मावि सिन्धुलीकी सीता श्रेष्ठ पाँचौ र शान्ति नमूना मावि रुपन्देहीकी समिक्षा ज्ञवाली छैठौँ बनेकी छिन् ।

प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीयका साथै सान्त्वना ३ जनालाई ३० हजार, २५ हजार, २० हजार र १५–१५ हजारको साथमा प्रमाण–पत्र प्रदान गरिएको परियोजनाका टिम लिडर गिता सुवेदीले जानकारी दिईन् । ६ जिल्लाबाट प्राप्त ६० उत्कृष्ट निबन्धमध्ये सर्बोत्कृष्ट ६ निबन्ध छनौट गरिएको थियो ।

क्विक इम्प्याक्ट प्रोजेक्ट लागु भएका ६ जिल्लाका ६० विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी लक्षित निबन्ध प्रतियोगीताको आयोजना गरिएको थियो । विद्यालय तहमा प्रथम हुने विद्यार्थीलाई पनि एक–एक हजारको साथमा प्रमाण–पत्र प्रदान गरिसकिएको छ ।

‘मेरो सपना, मेरो भविष्य’ शिर्षकमा सम्पन्न निबन्ध प्रतियोगीतामा खोटाङ, ओखलढुंगा, सिन्धुली, ताप्लेजुङ, रुपन्देही र बझाङका ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ लागु भएका र सो क्षेत्र भन्दा बाहिरका गरि एक हजार ४२० विद्यार्थीले सहभागीता जनाएका थिए ।

नतिजा घोषणा कार्यक्रममा विजेता छात्रछात्राले आ–आफ्ना अनुभव र सिकाई राखेका थिए भने मुल्यांकन समितिका संयोजक अमर बहादुर सिंहले विजेता निबन्ध भित्रका सवल पक्षका बारेमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार