नेपाल एयरको उडान तालिका हेरफेर, फाप्लु विमानस्थलमा तीन बार उडान हुने

  हिमाल समाचार  254 पटक हेरिएको

सोलुखुम्बु – नेपाल एयरलायन्सले उडान तालिका परिर्वतन गरेको छ ।

कोरोनाका कारण बन्द रहेको आन्तरिक उडान खुलाउने सरकारको निर्णय संगै नेपाल एयरलायन्सले सोलुखुम्बुको फाप्लु विमानस्थलमा आईतबार मंगलबार र शुक्रबार उडान गर्ने भएको छ ।

असार १७ उडान तालिका लागू गरेपनि मौसम प्रतिकुलताका कारण एक हप्ता देखि उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।

त्यस्तै, जिल्लाको व्यस्त रहने खुम्बुको स्थित तेन्जिङ हिलारी विमानस्थलमा पनि उडान हुन सकेको छैन । मौसमकै कारण एक हप्तादेखि उडान अबरुद्ध बनेको लुक्ला विमानस्थलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार