चिशंखुगढीमा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि अभिमुखिकरण

  हिमाल समाचार
0 Shares

ओखलढुंगा – ओखलडुंगाको चिशंखुगढी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय स्तरीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि १ दिने अभिमुखिकरण सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निशान्त शर्माले प्रविधिमा शिक्षक नै पछि पर्दा बालबालिकाको सिकाइमा धक्का पुगेको बताए । उनले विद्यालयको प्रशासनिक काम प्रविधिको प्रयोगबाटै हुनेभएकाले शिक्षकहरुलाई प्रविधि सिकाइमा ध्यान दिन आग्रह गरे । कम्युटरको पहुँच नुपगेका विद्यालयमा आगामी आर्थिक वर्षमा व्यवस्थापन गरिने अध्यक्ष शर्माको भनाई छ ।

अभिमूखिकरणमा कार्यपालिका सदस्य जीवन थापा, शिक्षा शाखा प्रमुख निम बहादुर बुढाथोकी र विभिन्न विद्यालयका प्रध्यानाध्यापक लगायतको उपस्थिती रहेको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार