रावावेशी गाउँपालिकाले ल्याएको बजेट पारित

  हिमाल समाचार
238 Shares

खोटाङ – खोटाङको रावावेशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३६ करोड ४५ लाख ३५ हजारको बजेट पारित गरेको छ । आज बसेको गाउँ सभाले बार्षिक बजेट पारित गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए ।

गाउँपालिकाले सामाजिक विकास तर्फ ९९ लाख ७५ हजार, आर्थिक तर्फ ७९ लाख ८० हजार र पुर्वाधार विकास तर्फ १ करोड ९९ लाख, विपद् व्यवस्थापनमा ७० लाख, वडागत रुपमा ९० लाख, समपुरक १ करोड, साझेदारी कार्यक्रममा १ करोड ३० लाख र संस्थागत विकास तथा शुसासन तर्फ २० लाख ४५ हजार रुपँैया बजेट विनियोजन गरेको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार