सोलुखुम्बुमा ११ हजार ७ सय २८ परिवारको निजि आवास पुनःनिर्माण

  हिमाल समाचार  232 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुमा ११ हजार ७ सय २८ परिवारको निजि आवास पुनःनिर्माण भएका छन् । २०७२ सालको विनासकारी भुकम्पका कारण क्षति पुगेका घर मध्ये ११ हजार ७ सय २८ घर पुनःनिर्माण सकिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई सोलुखुम्बुले गरेको बार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा जिल्लामा ११ हजार ८९४ लाभग्राहीले दोस्रो किस्ता लिएको ईकाई प्रमुख विमल प्रसाद बरालले जानकारी दिए । बरालका अनुसार १२ हजार ३२० ले अनुदानका लागि सम्झौता गरेका थिए ।

जसमध्ये १२ हजार २९१ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । अब ४२६ लाभग्राहीले दोस्रो किस्ता र ५९२ लाभग्राहीले तेस्रो किस्ता लिन बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाई सोलुखुम्बुले जनाएको छ । त्यस्तै, प्रबलीकरण तर्फ जिल्लामा ९५२ लभग्राहीले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेका सम्पुर्ण लाभग्राहीले पहिलो किस्ता लिएका छन् ।

जिल्लामा ९४९ लाभग्राहीले प्रबलीकरण गरेका छैनन् । जिल्लामा २२ भुमिहीन मध्ये २० जनाले अनुदानबाट जग्गा खरिद गरेको आयोजना कार्यान्वयन ईकाईको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै नाम्टोल छोलिङ गुम्बाको पुनःनिर्माण गरिएको छ ।

शिक्षा तर्फ चालु आर्थिक वर्षमा ४५ वटा विद्यालय भवन पुनःनिर्माण भएका छन् । ६८ वटा विद्यालय भवन निर्माण हुनुपर्नेमा २३ वटा भवन अझै निर्माणाधिन अवस्थामा नै रहेका छन् । शौचालय ४७ र खानेपानीका २५ वटा संरचना निर्माण भएका छन् ।

कार्यक्रममा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, सोताङ गाउँपालिका अध्यक्ष वीरबहादुर राई, प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार