नेचासल्यानको बजेट पारित

आवधिक योजना पनि पास

  हिमाल समाचार
287 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले नवौ गाउँ सभाको तेस्रो वैठकबाट आगामी आर्थिक बर्षको विस्तृत बार्षिक बजेट पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाको अध्यक्षतामा बसेको वैठकले आगामी आर्थिक बर्ष २०७८–७९ को बार्षिक बजेट सर्वसम्मत रुपमा पारित गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७७–७८ बाट संचित कोषमा मौज्दात रकम ७ करोड ५९ लाख ८१ हजार सहित ५० करोड ३६ लाख ३९ हजार अनुमानित बजेट पारित गरेको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

गाउँपालिकाले पन्च बर्षिय आवधिक योजना समेत पारित गरेको छ । आर्थिक बर्ष २०७८–७९ देखि लागू हुने गरि ५ बर्षको लागि प्राथमिकताको आधारमा योजना तय गरिएको र आवधिक योजनाको आधारमा योजना तर्जुमा र बजेट विनियोजन गरिएको अध्यक्ष डुफ कुमार बास्तोलाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार