बाल अभियन्ता प्रेन्साले भेटिन गृहमन्त्री

  हिमाल समाचार
70 Shares

काठमाडाैँ- बाल अभियन्ता प्रेन्सा रेग्मी गृहमन्त्रीलाई भेट्न पुगेकी छन् । आइतबार समाजमा बढेका हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधबाट देशलाई जोगाउन सुझाव दिनका लागि रेग्मी
गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँडलाई भेटन् पुगेकी हुन । उनले जघन्य अपराधबाट मुक्ति दिँदै महिला र बालबालिकालाई सुरक्षा दिन कडा कानून बनाउन सुझाउनु दिएकी छन् ।

जवाफमा गृहमन्त्री खाँडले सरकारले बालबालिका, महिला र युवाहरुको सोच, क्षमताबाट समाज बनाउन कसरी प्रेरित गर्ने भन्ने कुरा अबको आवश्यक्ता रहेको बताए ।

सबै नागरिकले आफ्नो जीवन स्वतन्त्र भएर जिउन पाउनुपर्ने बताउँदै गृहमन्त्री खाँडले सम्पूर्ण नागरिकको जीवन रक्षा राष्ट्रको पहिलो दायित्व भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार