सेयर बजार उकालाे लाग्याे

  हिमाल समाचार
98 Shares

काठमाडौं- नयाँ सरकार गठनसंगै एक सातासम्म अन्यौलमा रहेको पूँजी बजारमा आइतबार तीव्र वृद्धि देखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो दिनसेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेर २९ सय ८०.२१ अंकमा पुगेको छ ।

आइतबार ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रो बजारमा कारोबार भएका १३ वटै परिसूचकमा आइतबार वृद्धि हुँदा पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर कारोबार भयो । आइतबार दोस्रो बजारमा २१७ कम्पनीको १२ करोड ३० लाख ४५ हजार ६०६ कित्ता सेयर कारोबार भएको थियो ।

आइतबार विकास बैंक उपसमूह र बैंकिङ उपसमूह सबैभन्दा धेरै बढेका छन् । विकास बैंक उपसमूह ५.०५ प्रतिशतले बढ्दा र बैंकिङ उपसमूह ४.७१ प्रतिशतले बढेको छ ।

नयाँ सरकार गठनपछि पर्खर हेरको अवस्थामा रहेको पूँजी बजारलाई अर्थमन्त्री विश्वासले काम गरेको लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारको पक्षमा सकारात्मक अभिव्यक्ति दिएका थिए । बजारका सूचकहरु सकारात्मक रहेको र बैकिङ संस्थागत लगानीकर्ताहरुको डिमाण्ड पक्ष हाबी हुँदा बजारमा नयाँ संकेत देखिएको पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार